ईलाका प्रहरी कार्यालय बनेपामा डीएसपीको जिम्मेवारी रेशम बोहरालाई
बुधबार, साउन २५, २०७९ | १२:०२:५३
काभ्रे : इन्स्पेक्टरले कमाण्ड गर्दै आएको ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेलाई अपग्रेड गर्दै डीएसपी खटाइएको छ ।ईलाका प्रहरी कार्यालय बनेपामा डीएसपीको जिम्मेवारी प्रहरी नायउब उपरीक्षक रेशम बोहरालाई दिइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार सरुवा तथा पदस्थापन भएका समेत गरीएको ८ डीएसपीको काज सरुवामा डीएसपी बोहरालाइ ईलाका प्रहरी कार्यालय बनेपामा सरुवा गरिएको हो ।
त्यस्तै, काभ्रेमै डीएसपी अन्जना श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा काज सरुवा गरिएको छ । यसैगरी बिजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय चितवन, बिजय श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा काज सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।