सुनको मूल्यमा सामान्य बृद्धि
बुधबार, साउन २५, २०७९ | १२:१३:५९
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । मंगलबारको तुलनामा आज प्रति तोला दुई सय रुपैयाँले बढेर सुन तोलामा ९७ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी वयवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी वयवसायी महासङ्घले जनाएको छ ।