सोमबार, बैशाख ०७, २०८३
अचानो प्रहार गरी आफ्नै श्रीमानको हत्या

चितवन : चितवनमा आफ्नै श्रीमतीद्वारा अचानो प्रहार गरी आफ्नै श्रीमानको हत्या भएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो ।

सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवन सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार घरायसीविवादका कारण ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् ।

आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको हो । घटनामा संलग्न रहेको आशङ्कामा श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय