
मोरङ : ३ किलो लागुऔषध गाँजासहित दुई युवकलाई सशस्त्र प्रहरी बलको टोली एपिएफले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको टोली एपिएफले विराटनगरबाट लागुऔषध गाँजा भारततर्फ लैजाने क्रममा दुई जना युवक पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डल रहेका छन् । दुवै जनालाई स ९ प ९६०६ नम्बरको मोटरसाइकलमा राखेर गाँजा भारततर्फ लैजाँदै गर्दा पक्राउ गरिएको एपिएफ मोरङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लामिछानेले जानकारी दिए।
उनका अनुसार उनीहरू विराटनगर–१६ हुलास मेटल चोकबाट मंगलबार पक्राउ परेका हुन्। चोकमा सशस्त्र प्रहरी देखेपछि अत्तालिएका दुवैजना भाग्न खोजेका थिए। तर, प्रहरीले घेरा हालेर मोटरसाइकलसहित पक्राउ गरेको थियो।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि सशस्त्रले नेपाल प्रहरीको जिम्मा लगाइएको छ।