मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक युवकको मृत्यु

कैलाली : कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा मंगलबार राति मोटरसाइकल पल्टिँदा एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी चढेका डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडै रहेका छन् । धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से २ प ५२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा घाइते भएका उनको धनगढीमै रहेको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस