बझाङमा आमा सहित छोरा र छोरी झुन्डिएको अवस्थामा फेला
बुधबार, साउन २५, २०७९ | १५:३६:०५

बझाङ : बझाङमा आमा सहित छोरा र छोरी झुन्डिएको अवस्थामा फेला फेला परेका छन् । बझाङको बुङ्गल नगरपालिका–९ घर भएका एकै परिवारका आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र पाँच वर्षीया छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । ‘हामी घटनास्थल पुग्दैछौँ, के कति कारणले उनीहरु झुन्डिएका हुन् थप अनुसन्धान हुन्छ’, जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक जनक ढुङ्गानाले भने । स्थानीयले खबर गरेपछि घटनास्थलतर्फ प्रहरी गइरहेको हो।
झुन्डिएको अवस्थामा भेटिएका तीन जनाको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।