पनौती–३ रयालेमा पाशुपत ब्रह्मश्री विल्वार्चन महाअनुष्ठान हुने

काभ्रे : जिल्लाको पनौती नगरपालिका वडा नं ३ रयालेमा रहेको त्रिवेणी धाम पशुपति मन्दिरमा हुने भएको छ। यहि श्रावण २८ देखि ३० गते सम्म पाशुपत ब्रह्मश्री विल्वार्चन महाअनुष्ठान हुने भएको हो ।

त्रिवेणी धाम पशुपति मन्दिर व्यवस्थापन मुल समारोह समितिको आयोजनामा साधक योगि श्री विश्वप्रकाशदासज्युको प्रमुख आतिथ्यतामा आज काभ्रे उद्योग वाणिज्य संघको हलमा आयोजित पत्रकार सम्मेलनमा महाअनुष्ठान बारे जानकारी दिइएको हो।

महाअनुसष्ठानमा श्रावण २८ गते सामुहिक संकल्प ,मन्त्र जप एंव अखण्ड हरिनाम संकिर्तन गर्ने कार्यतालिका रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । उक्त महाअनुष्ठान विश्वशान्ति राष्ट्रकल्याणका लागि गरिन लागेको साधक श्री विश्वप्रकाशदासले बताए ।

महाअनुष्ठानमा सवा लाख वेलपत्र शिवलिङ्गमा अर्पण गरिने र वेलपत्रमा अध्यात्मिक तरङ्ग उत्पन्न हुने पनि सम्मेलनमा जानकारी गराइएको छ । प्रत्येक वेलुका ११ बजेबाट दिप प्रजज्जवलन गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद सापकोटाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस