शुक्रबार, बैशाख ११, २०८३
दोलखामा पहिरोले चार घरमा क्षति

दोलखा : गएराति अबिरल वर्षापछि आएको पहिरोले दोलखामा चार घरमा क्षति पुगेको छ । दोलखाको बिगु गाउँपालिका वडा नं ४ लादुकमा पहिरो जाँदा चार घरमा क्षति पुगेको र त्यहाँका झन्डै ५० घर जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । कार्यालयकाका अनुसार विस्थापितहरु आफन्तकोमा बसिरहेका छन् ।

अहिले प्रहरी, जनप्रतिनिधि पहिरो प्रभावित क्षेत्रमा छन् । उनीहरुको सहयोगमा स्थानीय बासिन्दाले पहिरोले क्षति पुर्याएको घरबाट सामान ओसार्न थालेका छन् । घरमाथि खनेको सडकका कारण पहिरोको खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसअघि गएको २२ गते पहिरो जाँदा त्यहाँका चार वटा घरमा पूर्ण क्षति पुगेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय