
‘सिआईडी’ हुँ भन्दै धम्क्याउँदै हिँड्ने काभ्रेका तीन युवक पक्राउ
काभ्रे : आफूलाई ‘सिआईडी’ हुँ भन्दै धम्क्याउँदै हिँड्ने काभ्रेका तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नं ८ घर भई पनौती नगरपालिका वडा नं २ बस्दै आएका २० वर्षीय रबिन तामाङ, पनौती नगरपालिका वडा नं २ का २८ वर्षीय सन्जित बन्जारा र २९ वर्षीय ऋषी बन्जारा रहेका छन् ।
श्रावण २७ गते पनौती नगरपालिका वडा नं २ स्थित पसल गरी बस्ने बालकृष्ण थापालाई हामी ‘सिआईडी’ हुँ भन्दै धम्क्याउँदै ठगी गर्न खोजेका उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । कार्यालयका अनुसार उनीहरुलाई प्रहरीले श्रावण २८ गते पनौती नगरपालिका वडा नं २ बाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई आज श्रावण २९ गते जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट दिन ७ को म्याद थप प्रदान भई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।