जबरजस्ती चोरी मुद्दामा फरार रहेका भुम्लुका पराजुली पक्राउ
आइतबार, साउन २९, २०७९ | २०:४२:११
काभ्रे : जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भुम्लु गाउँपालिका वडा नं १ भोर्लाकोटका ३३ वर्षीय सुवास, नविन पराजुली भनिने सुशान्त पराजुली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार जबरजस्ती चोरी मुद्दामा पराजुलीलाई जिल्ला अदालत ललितपुरले २०७८ कार्तिक २० गते ३ वर्ष ०४ महिना २३ दिन कैद र रु. ४७,८५०।– जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका पराजुलीलाई आज श्रावण २९ गते भुम्लु गाउँपालिका वडा नं १ पक्राउ गरेको हो ।
पक्राउ परेका पराजुलीलाई फैसला कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।