करेन्ट लागेर रामेछापमा एक पुरुषको मृत्यु

रामेछाप : रामेछापमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–७ का ५५ वर्षीय बिजुले माझी रहेका छन् ।
जंगलमा गाईवस्तु चराउन गएका माझीको आइतबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणको लागि टाँगेको तारमा छोइँदा माझीको घटनास्थलमै मृत्यु भएको हो । प्राधिकरणले टाँगेको तार लत्रिएको हुँदा जंगलमा हिँड्दै गरेका माझी त्यसैमा अल्झिन पुगेका थिए ।

नेपाल विद्युत् प्राधिकरणले कानुन बमोजिम क्षतिपूर्ति दिने सहमति गरेपछि उनको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानीले प्राधिकरणको गम्भीर लापरबाहीले घटना घटेको भन्दै आक्रोश पोखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस