अभियान लघुवित्तको आइपिओ बाँडफाँट : ९१ हजार ३७५ जना सर्वसाधारणले पाए सेयर
सोमबार, साउन ३०, २०७९ | १२:११:३६

काठमाडौँ : अभियान लघुवित्तले आइपिओ सोमबार बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ९१ हजार ३७५ जना सर्वसाधारणले सेयर पाएका छन्।
उक्त आइपिओमा १९ लाख ८० हजार ९७० जनाले आवेदन दिएकोमा २ हजार ३७६ जनाको आवेदन रद्द भएको बिक्री मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ ।कम्पनीले साउन १८ देखि २२ गतेसम्म कुल ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गरेको हो।
लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, अभियान लघुवित्तको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिने व्यवस्था छ।