भारतमा पछिल्लो २४ घण्टामा १४ हजारभन्दा बढिमा कोरोना संक्रमण

भारतमा पछिल्लो समय कोरोना संक्रमण दरमा बृद्धि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । बितेका २४ घण्टामा मात्रै १४,९१७ जना नयाँ कोभिडका सङ्क्रमितहरू थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो सँगै भारतमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ४,४२,६८,३८१ पुगेको छ । भारतमा अहिले १,१७,५०८ जना सक्रिय सङ्क्रमित रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा २४ घण्टामा कोरोना संक्रमणका कारण ३२ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस