देशभर ८८८ जनामा कोरोना संक्रमण , एक संक्रमितको मृत्यु
सोमबार, साउन ३०, २०७९ | १६:२८:५८
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ जना तथा एन्टिजेन विधिबाट ४६१ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८९ जनाको मृत्यु भइसकेको छ ।
यही अवधिमा थप ४७४ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ३८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।