कुटपिट मुद्धामा फरार रहेका भुम्लुका दुई प्रतिवादी २५ वर्षपछि पक्राउ

काभ्रे : कुटपिट मुद्धामा फरार रहेका काभ्रेका दुई प्रतिवादीलाई प्रहरीले २५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भुम्लु गाउँपालिका वडा नं ४ स्थित कोड्काका ५४ वर्षीय चित्र बहादुर, धन बहादुर पहरी भनिने दिल बहादुर पहरी र ५१ वर्षीया बिना पहरी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार कुटपिट मुद्धामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले दुवैलाई २०५४ साल जेष्ठ २० गते ६ सय ५० रुपैँया जरिवाना सजायको फैसला गरेको थियो । अदालको फैसलापछि फरार रहेका उनीहरुलाई प्रहरीले २५ वर्षपछि श्रावण ३० गते भुम्लु गाउँपालिकाको वडा नं ४ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस