चालु आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक बृद्धि हुने राष्ट्र बैंकको प्रक्षेपण
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षमा ५ दशमलव ८४ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा बित्तिय स्थितीको बारेमा जानकारी दिदैं वार्षिक मुद्रास्फीति दर ६ दशमलव ३२ प्रतिशत रहेको उल्लेख गरेको छ ।
बैंकले जारी गरेको मुलुकको पछिल्लो स्थितीमा आयात २४ दशमलव ७ प्रतिशत र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात २८ प्रतिशत र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको जनाएको छ ।
राष्ट्र बैंकले विप्रेषण प्रवाह नेपाली रुपैँयामा ४ दशमलव ८ प्रतिशत र अमेरिकी डलर २ दशमलव २ प्रतिशतले बढेको जनाएको छ । मुलुकको शोधान्तरस्थिती २५५ अर्व २६ करोडले घाटामा रहेको उल्लेख गरेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिती १ अर्व २३ करोडले बचतमा रहेको थियो । राष्ट्र बैंकको पछिल्लो प्रक्षेपणले मुलुकको अवस्था डरलाग्दो अवस्थामा पुगेको अर्थविद्हरुले बताएका छन ।
कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर मात्रै रहेको छ । उक्त सञ्चिति ६ दशमलव ९४ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र सक्ने अवस्था रहेको बैंकले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।