राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेको कार्यलय उद्वघाटन

काभ्रे : “हाम्रो अग्रज नेतालाई विश्राम दिनेहो देश बनाउने हो भने उम्मेदवार अब पैसा, पावर होईन भएको लाई होईन अब जान्नेलाई छानौ हाम्रो लाई होईन राम्रो लाई छानौ” भन्ने मुल नाराका साथमा अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीले काभ्रेपलान्चोक जिल्लामा कार्यालय खोलेको छ ।

काभ्रेको ब्यापारिक केन्द्र बनेपामा पार्टी कार्यलय एक कार्यक्रमको आयोजना गर्दै उद्वघाटन गरेको छ । काभ्रे जिल्ला सचिव सुशील राज गिरीले उद्वघोस गरेको कार्यक्रममा जिल्ला सभापति प्रविन ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी अन्य पार्टी भन्दा फरक रहेको बताए । आगामी मंसिरमा हुने निर्वाचनमा काभ्रेली जनताले संघीय चुनाव घण्टीमा भोट हाल्ने अबसर भएको बताए ।

कार्यक्रममा काभ्रे जिल्ला सभापति प्रविन ढकाल ,उपसभापति पुण्य माता घिमिरे ले संयुक्तरुपमा पानसमा वत्ति बालेर पार्टी कार्यलय उद्वघाटन गरे । सभापति ढकालले पार्टी कार्यलय उद्वघाटन सगै काभ्रेका १३ वटै पालिका सभापति लाई जिम्मेवारी प्रदान गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला पार्टी कार्यलय उद्वघाटनमा बोल्दै काभ्रे जिल्ला उपसभापति पुण्य माता घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी मात्र यस्तो पार्टी भएको जस्ले तल्लो तहदेखिका मानिस लाई अबसर दिहिरहेकोले उम्मेद्वार अब जान्नेलाई छान्नु पर्ने घिमिरेले बताए । कार्यक्रममा जिल्ला सचिवले भावि रणणिती, पार्टीको लक्ष,पार्टीको विधि बिधान माथि प्रकास पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस