तेमाल–९ मा माओवादी केन्द्रको वडा भेला सम्पन्न
सोमबार, भाद्र ०६, २०७९ | ८:३०:१४
काभ्रे : नेकपा (माओवादी केन्द्र) तेमाल गाउँपालिका वडा नं. ९ को वडा भेला सम्पन्न भएको छ ।
भेलाले जगतलाल तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । तत्कालीन वडा कमिटि अध्यक्ष हस्तबहादुर तामाङ कार्वाहीमा परेपछि अध्यक्ष पद खाली रहेको थियो । उपाध्यक्ष जगतलाल तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएर गएको स्थानीय निर्वाचनमा परिचालन गरिएको थियो । तामाङको नेतृत्वमा निर्वाचनमा विजयी समेत हासिल गरेको छ ।
भेलाले ६ जना वडा कमिटी सदस्यहरुको समेत पदपूर्ति गरेको छ । विभिन्न व्यक्तिलाई कार्वाही, स्थानान्तरण, बढुवा भएको कारण सो पदहरु खाली रहेको थियो । भेलाले उपाध्यक्षमा सोनामदोर्जे लामा चयन भएका छन् भने सचिवमा यस अघिकै कान्छा लामालाई कायम गरिएको छ । सह–सचिवमा रोशन तामाङ र कोषाध्यक्षमा महेशकुमार तामाङ चयन भएका छन् ।