चेकजाँचमा पेस्तोल बरामद

सप्तरी । सप्तरीमा सशस्त्र प्रहरीले चेकजाँचको क्रममा १ थान पेस्तोल र त्यसमा प्रयोग हुने गोली बरामद गरेको छ ।

राजगढ गाउँपालिकास्थित बनैनियाँ नाका नजिकै चेकजाँचको क्रममा आइतबार साँझ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक तुलसीराम कार्कीको नेतृत्वको पैदल टोलीले ‘सरप्राइज चेकजाँच प्वाइन्ट’ स्थापना खानतलासी सुरु गरेको थियो ।

त्यही क्रममा भारतीय सीमा क्षेत्रबाट भएका २ जना व्यक्ति शंकास्पद बस्तु फालेर भारततर्फ भागेको सशस्त्र प्रहरीले जनाएको छ । ‘शंकास्पद बस्तु फालिएको खेतमा खोजतलास गर्दा १ थान कटुवा पेस्तोल र १ थान ८ एमएमको गोली बरामद भएको छ’सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरेको पेस्तोल नेपाल प्रहरीलाई बुझाउने क्रममा रहेको जनाइएको छ । घटनास्थल सीमा सुरक्षा पोस्ट भन्दा एक किलोमिटर दक्षिण भारतीय सीमातर्फ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस