काभ्रेको विपी राजमार्गमा राखिएको ‘होक्स बम’ सेनाद्धारा डिस्पोज
मंगलबार, भाद्र ०७, २०७९ | ८:४२:४३
काभ्रे : विपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित रानाछापमा अज्ञात समूहले राखेको होक्स बम (नक्कली) नेपाली सेना र नेपाल प्रहरीले डिस्पोज गरको छ ।
विप्लव माओवादीलगायत संगठनले बन्द आयोजना भएको दिनमा भेटिएको प्रेसरकुकर होक्स बम नेपाली सेनाको कालीजंग गण र जिल्ला प्रहरी कार्यालय धुलिखेल बाट खटिएको टोलीले डिस्पोज गरिएको हो । बम डिस्पोज सँगै अबरुद्ध भएको विपी राजमार्ग सुचारु भएको छ ।
प्रेसर कुकर बम भनेर जनमानसमा त्रसित बनाउन खोजेपनि उक्त बस्तु बम नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । विप्लव माओवादी लगायत साना चार दलले आह्वान गरेको नेपाल बन्द काभ्रेमा भने खासै प्रभाव छैन ।