नेपालमा हालसम्म भएका प्रधानसेनापतिहरु (नामसहित)
नेपाली सेना दक्षिण एशियाको सबैभन्दा पुरानो सेना हो, यो सेना नेपाल एकीकरणको शुरुवातसँगै बन्न शुरू भएको थियो । यसका संस्थापक राजा पृथ्वीनारायण शाह थिए ।
नेपाली सेनाको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाडौंको भद्रकालीमा रहेको छ । साथै नेपाली सेना पृतना प्रधान कार्यालयहरू पूर्वको इटहरी, हेटौंडा, उपत्यका (सिंह दरबार), पोखरा, सुर्खेत तथा दिपायलमा रहेका छन्, नेपाली सेनाका बाहिनी, गण तथा गुल्महरू देशका सबै भागमा रहेका छन् ।
नेपाली सेना बाह्य आक्रमण तथा आन्तरिक द्वन्द्व बाहेकका बेलामा विकास निर्माण खास गरी सेनाले बनाएका सडकमार्गहरू देशका प्रायः सबै भागमा रहेका छन् । त्यसै गरी राष्ट्रिय सम्पत्ति (विद्युत्, टेलिफोन स्टेशन तथा ऐतिहासिक गढी दरबारहरू) को सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु सुरक्षामा संलग्न रहँदै आएको छ त्यसबाहेक अन्य विकास निर्माण तथा प्राकृतिक विपत्तिमा उद्धारका लागि यो शक्ति नेपालको मेरूदण्ड नै हो ।
यी हुन् नेपालमा हालसम्म भएका प्रधानसेनापतिहरु:
पृथ्वीनारायण शाह शासनकालका प्रधान सेनापतिहरू :-
- विराज थापा मगर
- महेश्वर पन्त
- कालु पाण्डे
- शिवराम सिंह बस्न्यात
- रामकृष्ण कुंवर
- केहरसिंह बस्न्यात
- वंशराज पाण्डे
- अभिमान सिंह बस्नेत
- बलभद्र शाह
- कीर्तिमान सिँह बस्न्यात
- दामोदर पाण्डे
- अमरसिंह थापा
- भीमसेन थापा
- रणजंग पाण्डे
- माथवरसिंह थापा
- अभिमान सिंह राना मगर
राणा शासनकालका प्रधान सेनापतिहरू
- जंगबहादुर राणा
- बमबहादुर राणा
- कृष्णबहादुर राणा
- रणोद्दिप सिंह बहादुर राणा
- जगत शमशेर राणा
- धीर शमशेर राणा
- जीतजंग राणा
- खड्ग शमशेर जंगबहादुर राणा
- रण शमशेर जंगबहादुर राणा
- देव शमशेर जंगबहादुर राणा
- चन्द्र शमशेर जंगबहादुर राणा
- भीम शमशेर जंगबहादुर राणा
- जुद्ध शमशेर जंगबहादुर राणा
- रुद्र शमशेर जबरा
- पद्म शमशेर जंगबहादुर राणा
- मोहन शमशेर जंगबहादुर राणा
- बबर शमशेर राणा
- केशर शमशेर राणा
प्रजातन्त्रपछि नेपालका प्रधानसेनापतिहरू
- किरण शमशेर राणा
- तोरण शमशेर जबरा
- नीर शमशेर जबरा
- सुरेन्द्र बहादुर शाह
- सिंह बहादुर बस्न्यात
- गुण शमशेर जबरा
- सिंह प्रताप शाह
- अर्जुन नरसिंह राणा
- सत्चित शमशेर जबरा
- गडुल शम्शेर जबरा
- धर्मपालवरसिँह थापा
- प्रज्वल शम्शेर जबरा
- प्यारजंग थापा
- रूक्माङ्गद कटवाल
- छत्रमानसिंह गुरुङ
- गौरव शमशेर जंगबहादुर राणा
- राजेन्द्र क्षत्री
- पूर्णचन्द्र थापा
- प्रभुराम शर्मा (बहालवाला प्रधानसेनापति)