काभ्रेमा सालकको खपडासहित तीन जना पक्राउ

काभ्रे । नौ किलो अवैद्य सालकको खपटासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

बनेपा नगरपालिका वडा नम्बर –६ स्थित अठ्ठाईसकिलोको स्वागत क्याफेभित्र संरक्षित वन्यजन्तु आखेटोपहार (सालकको खपडा) अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंज काठमाडौं र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले खपडा बरामद गरी संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका वडा नं. ७ का गोबिन्द सिन्चुरी, काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाँउपालिका वडा नं. ७ का विमान स्याङ्तान र सोही जिल्ला रोशी गाँउपालिका वडा नं. ४ का सुरज झेडीमगर रहेका छन् । उनीहरूलाई आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस