सुनको मूल्यमा पाँच सय रुपैँयाले बृद्धि

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा पाँच सय रुपैँयाले बृद्धि भएको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोलामा पाँच सय रुपैँयाले बृद्धि भएर ९५ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा १० रुपैँयाले बृद्धि भएर एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस