साफ महिला च्याम्पियनसिप खेल्न भुटानी फुटबल टिम काठमाडौँमा
बिहिबार, भाद्र ०९, २०७९ | ११:२४:५५
काठमडौँ : साफ महिला च्याम्पियनसिप खेल्न भुटानको महिला फुटबल टिम दुई हप्ता अघि नै काठमाडौँ आइपुगेको छ । भुटानको महिला फुटबल टिम बिहीबार बिहान काठमाडौं आइपुगेको हो ।
भदौ २१ गतेदेखि दशरथ रंगशालामा हुने प्रतियोगिता खेल्न भुटानी टिम झण्डै दुई हप्ता अगाडि नै नेपाल आइपुगेको हो । भुटान नेपालमा केही अभ्यास खेल खेल्ने तयारी स्वरुप केही अगाडी नै नेपाल आइपुगेको हो । आसन्न साफका लागि नेपाल आइपुग्ने पहिलो टिम भुटान नै हो ।
बिहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भुटानी टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र नेपाली राष्ट्रिय महिला टिमका पूर्व खेलाडी दीपा अधिकारी लगायतले स्वागत गरे ।