शंखमूल र बानेश्वरमा अनधिकृत संरचना हटाउन मेयर बालेनको टोली स्थलगत निरीक्षणमा
काठमाडौं : अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह शंखमूल र बानेश्वरमा स्थलगत निरीक्षणका लागि पुगेका छन् । मेयर शाह सहितको टोली स्थलगत निरीक्षणका लागि बिहीबार बिहान शंखमूल र बानेश्वरमा पुगेको हो ।
काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउँमा मेयर सहितको टोली पुगेका हुन् । बालेन नेतृत्वको टोलीले अवैरध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।
बानेश्वर र शंखमुल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरुलाई भाडा दिएका ठाउामा पनि बालेन पुगेका छन् । व्यवसायीहरुलाई घरबेटीलाई बेसमेन्ट पार्किङको लागि भन्दै घरबेटीलाई जानकारी गराउनुस भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिएका छन् ।
टोलीले ३ घण्टापछि प्याकिङ गरेको नगरेको हेर्न आउने समेत बताएको छ । अन्डरग्राउन्डमा रहेका जुत्ता पसल, मोबाइल पसल, बुटिक लगायत क्षेत्रमा महानगरको टोलीले अनुमगन गरिरहेको छ ।