देशभर ४ सय ४४ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९५४ जनाको परीक्षणमा ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार ९९६ जनाको पिसिआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जना गरी ४४४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस