केन्याद्वारा नेपाललाई जितका लागि १३१ रनको चुनौती

काठमाडौँ : केन्याले नेपाललाई जितका लागि १३१ रनको चुनौती पेस गरेको छ।  टस हारेर जिमखाना क्लब ग्राउन्डमा ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाई १३० रनमात्र बनाएको हो।

केन्याका एलेक्स ओबान्डाले ६, कोलिन्स ओबुयाले १२, इर्फान करिमले ३४, राकेप पटेलले ९, नेल्सन ओधियाम्बोले १९, सचिन भुडियाले १७, लुकास ओलुचले ३१ रनको योगदान गरे।

केन्यालाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ४ ओभर बलिङ गरी ३ विकेट झारे। उनले २२ रन दिए। त्यस्तै सन्दीप लामिछानेले समान ओभर बलिङ गरी २ विकेट झारेका थिए। दीपेन्द्र सिंह ऐरी, आदिल अन्सारीले १÷१ विकेट लिए। पवन सर्राफ, विवेक यादव र करण केसीले भने विकेट लिन सकेनन्।

नेपालले २ अतिरिक्त रन उपहार पाएको थियो। नेपालले अब केही बेरमा जवाफी ब्याटिङ गर्दै छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय