शनिबार, मंसिर २७, २०८२
डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक चालक पक्राउ

ललितपुर : डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको धोबिघाटमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालकलाई प्रहरीले पक्राउ गरि अभद्र व्यवहारको मुद्धा चलाएको छ ।

बा ८५ प ८९६७ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको बाणगंगा नगरपालिका ७ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३६ वर्षीय केशव भुसाललाई पक्राउ गरि मुद्धा चलाएको हो ।

मंगलबार साँझ ट्राफिक चेकिङ गर्ने क्रममा मापसे गरेको पाईएपछि कारवाही गर्न खोज्दा भुसालले ट्राफिक प्रहरीलाई नगद १ हजार रुपैँया दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । साथै ट्राफिक प्रहरीले नगद लिन ईन्कार गर्दा गालीगलौज गर्नुका साथै वादविवाद गरी अभद्र व्यवहार गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनी उपर अभद्र व्यवहार मुद्धामा ५ दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय