कच्चा पेट्रोलियम पदार्थको मूल्यमा पुनः बृद्धि

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा पुनः बृद्धि हुन थालेको पेट्रोलियम पदार्थसम्बन्धी जानकारी दिने क्र्यूड ओयल डटकमले जानकारी दिएको छ ।

उक्त जानकारी अनुसार १६ अगस्टमा ब्रेन्ट कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ९२ अमेरिकी डलरसम्म आइपुगेको थियो । जुन, अहिले पुनः उकालो लागेर १०१ अमेरिकी डलर प्रति ब्यारेल भन्दा माथि पुगेको छ ।

यस्तै, १८ अगस्टमा ब्रेन्ट कच्चा तेलको मूल्य ९५ अमेरिकी डलर प्रति ब्यारेल रहेको थियो । यसका साथै, २३ अगस्टमा यसको मूल्य प्रति ब्यारेल ९९ अमेरिकी डलर प्रति ब्यारेल थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय