नागरिकता दुरूपयोग गरी ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं : नागरिकता दुरूपयोग गरी ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हराएको नागरिकता दुरूपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा मुगुको खत्याड गाउँपालिका–१ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्‍ने २३ वर्षीय बिनी बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कार्कीले पीडित सन्दीप न्‍यापानेको नाममा जिल्ला प्रशासन कार्यालय पर्वतबाट जारी गरेको नागरिकता दुरूपयोग गरी कल्‍याण सेवा प्रालि नामक जब सेन्टर सञ्‍चालन गर्दै आएको प्रहरीको दाबी छ ।

पक्राउ गरेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस