काठमाडौं : यस वर्षको दसैँको लागि ६ करोड ४० लाखको खसी–बोका ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ६ करोड ४० लाख रुपैयाँ बराबरको खसी, बोका र च्याङ्ग्रा ल्याउने जानकारी दिएको छ ।
यसअघिकै निरन्तरता दसैँको घटस्थापनाको भोलिपल्टदेखि बिक्री वितरण गर्ने गरी १, २ दिन अघि काठमाडौँ आइपुग्ने गरी खसी–बोकाको खरिद प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ ।
यस वर्ष पनि कम्पनीले २ हजार खसी–बोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले कुल ६ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।



















