अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ सालबारी बस्ने २४ वर्षीय आकाश गिरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.३-०२-०१३ प ४७४३ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालक गिरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ स्थित ससुराली घरमा बस्दै आएका बाँके कोहलपुर उपमहानगरपालिका-५ घर भएका २९ वर्षीय मान बहादुर गन्दर्भलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै थप सोधुपछ गर्ने क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने ३० वर्षीय अनिल बिकसँग खरिद गरी ल्याएको भन्ने खुल्न आएपछि अनिललाई समेत प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसेबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५६ केजी २८ ग्राम सहित भिमफेदी गाउँपालिका-९ महभिर बस्ने ३५ वर्षीय प्रकाश लामालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना.७ ख ३९८७ नम्बरको आईचर ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक लामालाई पक्राउ गरेको हो ।
साथै उक्त कार्यालयबाट खटिएको प्रहरीले ना.८ ख २७१८ नम्बरको आईचर ट्रकबाट अवैध लागूऔषध गाँजा करिब ७४ केजी ९ ग्राम फेला पारी बरामद गर्नुका साथै फरार ट्रक चालकको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।