ट्युसन पढ्न गएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

बैतडी : बैतडीमा किशोरीलाई बलात्कारको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

ट्युसन पढ्न गएकी किशोरीलाई बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका– ३ स्थित प्रिति माविका शिक्षक किशोर जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवत्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

उनका अनुसार किशोरीका आफन्तको मौखिक उजुरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस