भदौ १५ गतेभित्र कक्षा १२ को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको तयारी
बिहिबार, भाद्र ०९, २०७९ | २०:४६:४९
काठमाडौं : यहीँ भदौ १५ गतेभित्र कक्षा १२ को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।
भदौ १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएर काम भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने, ‘योजना भित्रै नतिजा निकाल्न सकिन्छ भनिरहनुभएको छ साथीहरुले । अब १५ गतेभित्र नतिजा सार्वजनिक हुन्छ ।’
परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले लगभग अन्तिम चरणमा पुगेको जानकारी दिएको उनको भनाइ छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।