मिटरब्याजीविरुद्ध मकवानपुरमा ९ जनाले दिए उजुरी

मकवानपुर : मिटरब्याजीविरुद्ध मकवानपुरमा ९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

मिटरब्याजीबाट पीडितका बारेमा अध्ययन गर्न सरकारले कार्यदल नै बनाएर देशभरको जिल्ला प्रशासन कार्यालयमा पीडितलाई निर्धक्क भएर उजुरी दिन अनुरोध गरेपछि मकवानपुरमा पनि हालसम्म ९ जनाले उजुरी दिएका हुन् ।

मकवानपुर प्रहरीले सरकारले निर्देशन दिनु अघि पनि केहि मिटरब्याजीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । तर सरकारको निर्देशनपछि न्याय पाउने आशमा ९ जना मिटरब्यावी बिरुद्ध निवेदन परेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका साहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता वद्रीनाथ गैरेले मकवानपुरमा अझैपनि यस्ताखाले उजुरी बढनसक्ने देखिएको बताए । सरकारले मिटरब्याजी विरुद्ध अभियाननै सञ्चालन गरेर कारबाही सुरु गरेपछि पीडितहरु आउनेक्रम सुरु भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस