भिरबाट लडेर चौँरीदेउरालीमा एक वृद्धाको मृत्यु
शुक्रबार, भाद्र १०, २०७९ | ८:३८:५४
काभ्रे : जिल्लाको चौंरीदेउराली गाउँपालिकामा भिरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिकाको वडा नं ३ की ६५ वर्षीय माइली तामाङ रहेकी छिन् ।
बिहिबार बिहान माइत जान्छु भनेर घरबाट निस्केकी वृद्धा भिरबाट लडेर मृत्यु भएको स्थानीय शिक्षक शिव शंकर चौंलागाईंले जानकारी दिए । बिहान ८ बजे वडा नं ४ स्थित गुमपाटी जानेक्रममा उनी भिरबाट लडेको स्थानीयले बताएका छन् ।