दुई वर्षीया बालिका नहरमा मृत अवस्थामा फेला
शुक्रबार, भाद्र १०, २०७९ | १२:०३:५९

कञ्चनपुर : कञ्चनपुरमा दुई वर्षीया बालिका नहरमा मृत अवस्थामा फेला परेकी छिन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी २ वर्षीया छोरी मानुषी भट्ट शुक्रवार बिहान नहरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रवार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृत अवस्थामा भेटिएको बताए ।
उनका अनुसार हराइरहेकी बालिकाको शव स्थानीयको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो । अहिले घटनास्थल मुचुल्का संकलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको उनले जानकारी दिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।