बेसमेन्ट खाली गराउन त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुग्यो महानगरको टोली

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागमा बेसमेन्ट खाली गराउन काठमाडौं महानगरपालिकाको टोली  पुगेको छ । सवारी पार्किङको अनुमती लिइ वेटिङ रुम बनाएको क्षेत्र खाली गराउन नगर प्रहरीको टोली डोजरसहित सो स्थानमा पुगेको हो।

विभागको पार्किङ खाली राख्दै सेवाग्रहीलाई पार्किङको सुविधा दिइएको छैन। राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ। तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन।

जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नु पर्ने बाध्यता रहेको छ। विभागले बनाएको ‘बेसमेन्ट’ लाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको छ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय