सल्यानमा अटो दुर्घटना हुदाँ चार जना घाइते

सल्यान : सल्यानमा भएको अटो दुर्घटनामा चार जना  घाइते भएका छन् । सल्यानको छत्रेश्वरी गाउँपालिकाको भोटेचौरबाट श्रीनगर आउँदै गरेको रा १ ह ५४४५ नम्बरको अटो राप्ती राजमार्गको भुमेश्वर ज्युलामा दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा त्रिवेणी गाउँपालिका ३ का ४५ वर्षीय कमानसिंह जिएम, त्रिवेणी ६ का ६५ वर्षीय बिक्रम खड्का, उनकी श्रीमती ५५ वर्षीया सुन्दरी खड्का र शारदा नगरपालिका १३ की १८ वर्षीया दीपा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार गुडिरहेको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको क्रममा अटो सडकदेखि २० मिटर तल खेतमा खसेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

घाइते सबैको शारदा नगरपालिका १ श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार गराइएको र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस