स्रोत नखुलेको करिब १४ लाख नगदसहित एक जना पक्राउ

झापा : स्रोत नखुलेको करिब १४ लाख नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–१ लसुना बस्ने ५४ वर्षीय तेजबहादुर गणेश रहेका छन् । उनलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

शुक्रबार बिहान ११ः४५ बजे लसुना भन्सारस्थित इलाका प्रहरी कार्यालय कुमुरखोदबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा गणेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

उनका अनुसार शंका लागेपछि चेकजाँच गर्दा गणेशको साथबाट प्लाष्टिकको दुईवटा झोलामा प्याक गरी प्लाष्टिकको बोरामा राखेर लुकाइछिपाइ ल्याउँदै गरेको नेपाली १ हजार दरको नोट ९०० थान ९९ लाख०, ५ सय दरको नोट ८०० थान ९४ लाख० र १ सयÞ दरको नोट ६०० थान (६००००) गरी जम्मा १३ लाख ६० हजार फेला परेको छ ।

गणेशले सो रकमको स्रोत खुलाउन सकेका छैनन्। उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरी नायब उपरीक्षक पाठकले बताए।

सिफारिस

ताजा समाचार

लोकप्रिय