सिरहामा मिटरव्याजीविरुद्ध २ सय ८९ वटा उजुरी दर्ता

सिरहा : सिरहामा मिटरव्याजीविरुद्ध उजुरी दर्ताको संख्यामा बृद्धि भएको छ । सरकारले २८ साउनमा सूचना जारी गर्दै ५ भदौसम्म उजुरी दिन गरेको आह्वान अनुरुप सिराहामा २ सय ८९ वटा उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँबाट आएका दुई सय ८९ जना मिटरब्याज पीडितहरुले तोकिएको ढाँचामा उजुरी दिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए।

उनका अनुसार दर्ता भएका उजुरीहरुको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र चन्द्रवंशीको नेतत्वमा पाँच जना कर्मचारीहरुले अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस