३ सय ४० किलो गाँजासहित दुई युवक पक्राउ

मकवानपुर : तीन सय ४० किलोभन्दा बढी गाँजासहित दुई युवकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

२५६ किलो गाँजा फेला परेका ट्रकका चालक भीमफेदी–९ महाभिरका ३५ वर्षीय प्रकाश लामालाई ट्रकसहित नियन्त्रणमा लिएको र अर्का ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार विषेश सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कैलाश गाउँपालिकाको नामटारबाट हेटौँडा आउँदै गरेको ना ७ ख ३९८७ नं को आइचर ट्रकमा दुई सय ५६ किलो र ना ८ ख २७१८ नं को अर्को आइचर ट्रकमा ७५ किलो गाँजा बरामद गरेको जानकारी दिएको छ ।

त्यस्तै प्रहरीले चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख २२०८ नंको बस चेकजाँच गर्दा रौतहट २७ वर्षीय लखिन्द्र बैठाको साथबाट साढे नौ किलो गाँजा बरामद भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस