‘गाउँ नै उज्यालो बनाएको बिजुलीले कुन बेला गाउँ नै अन्धकार बनाउने हो ?’ : सानो बाङ्थलीका स्थानीयलाई चिन्ता

काभ्रे : जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नं १ सानो बाङ्थलीमा बिजुली बत्ती पुगेको लामो समय भएको छैन । गाउँमा बिजुली बत्ती पुगेपछि दैनिक कामकाजमा सहज हुने भएपछि स्थानीय हर्षित भएका थिए । बिजुली बत्तीले गाउँ नै उज्यालो भयो ।

गाउँ नै उज्यालो बनाएको बिजुली बत्तीले अहिले कुन बेला गाउँ नै अन्धकार बनाउने हो भन्नेमा स्थानीय चिन्तित बनेका छन् । कारण, विद्यतुका तारहरू पुरै लत्रिएर काठका सबै पोलहरू जिर्ण भइसकेका छन् । अव्यवस्थित बिजुलीको तार र जिर्ण अवस्थाका विद्युतका पोलका कारण स्थानीयले जोखिम मोल्नु परेको छ । जसले गर्दा बाङ्थलीका दैनिक रुपमा घाँस दाउरा गर्न जाँदा पनि ज्यान जोखिममा मोलेर हिड्नु परेको स्थानीयको गुनासो छ ।

‘सामुदायिक विद्युतको लापरवाहीका कारण कहाँ कतिबेला कसको ज्यान जाने हो थाहा छैन,’ स्थानीय माइला लामाले चिन्तित हुदँै भने, ‘केही समय अघि मात्रै अव्यवस्थित बिजुलीको तार र जिर्ण अवस्थाका विद्युतका पोल नफेरेकै कारण स्थानीयको बाङथलीका धन बहादुर घिसिङको मृत्यु भयो । उनीसँगै एक बाख्राको पनि ज्यान गएको छ ।’

उक्त घटनापश्चात बाङ्थलीका स्थानीयले चौरीदेउराली गाउँपालिकका अध्यक्ष रेणुका चौलागाईँ, गाउँपालिकाको वडा नं १ का वडा अध्यक्ष शुनिल लामा र सामुदायिक विद्युतका अध्यक्ष कान्छा लामालाई सो विषयमा ध्यानाकर्षणसमेत गराएका थिए । उक्त विषयमा स्थानीय निकाय र सरोकारवालाले कुनै चासो नदिएको लामाले गुनासो गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस