बनस्थलीस्थित ढुङ्गेधाराको अवैध संरचनामा चल्यो काठमाडौं महानगरको डोजर

काठमाडौं : काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधाराको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो । बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको ‌अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।

ढुङ्गेधारामा रहेको ओम साईबाबा अस्पतालको भर्याङ पनि भत्काएको छ । अवैध संरचना भत्काउन महानगरका एसपी राजु पाण्डेको नेतृत्वमा टोली खटिएको छ ।महानगरले यसअघि ३५ दिन भित्र अबैध स‌ंरचना हटाउन संरचना हटाउन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस