साफ महिला च्याम्पियनसिपमा सहभागीताका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ : साफ महिला च्याम्पियनसिपमा सहभागीताका लागि नेपाली टोलीले घोषणा गरेको छ । मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
प्रतियोगितामा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा रहेको नेपालले भुटान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।
६ सेप्टेम्बरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटाको सामना गर्नेछ । त्यस्तै, १२ सेप्टेम्बरमा नेपालले श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ ।
नेपाली टोलीः
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिराकुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
मिडफिल्डरः अनिता बस्नेत, विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, इन्दिरा राई, अनिता केसी, दीपा शाही
फरवार्डः सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, रश्मीकुमारी घिसिङ