केन्याविरुद्ध नेपालले आज टी–२० सिरिजको तेस्रो खेल खेल्ने
काठमाडौँ : केन्याविरुद्ध नेपालले आज(आइतबार) पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेल खेल्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सिरिज जित्नको लागि यो खेल नेपाललाई निकै महत्वपूर्ण छ ।
यसअघि पहिलो खेलमा भने नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो ।शुक्रबार भएको दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । १३३ रनको सामान्य लक्ष्य पाए पनि खराब ब्याटिङका कारण नेपालले नतिजा केन्यालाई सुम्पेको थियो । नेपालले निर्धारित ओभर सकिन ६ बल बाँकी छँदा सबै विकेटको क्षतिमा ११४ रन मात्रै बनाएको थियो ।
नैरवीमा हुने सिरिजको तेस्रो खेलमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । आजको खेल जित्नको लागि ब्याटिङमा सुधार गर्नैपर्छ । चौथो खेल भोलि ९सोमबार० केन्यासँग प्रतिस्पर्धा गर्ने नेपालले १४ गते पाँचौ तथा अन्तिम खेल खेल्नेछ ।
यसपछि तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिजमा नेपालले केन्यासँग पहिलो खेल भदौ १७ दोस्रो १८ र अन्तिम खेल २० गते खेल्नेछ ।