पनौती–८ मल्पीमा अबिरल वर्षाका कारण एक घर भत्कियो

काभ्रे : शनिबारदेखि सुरु भएको अबिरल वर्षाका कारण जिल्लाको पनौती नगरपालिका वडा नं ८ स्थित मल्पीमा एक घर भत्किएको छ । वर्षाका कारण स्थानीय ३६ वर्षीय प्रकाश मग्रातीको घर आज (आइतबार) बिहान भत्किएको प्रहरी चौकी पनौतीले जनाएको छ ।

शनिबारदेखि परेको पानीले मग्रातीको दुई तल्ले कच्ची घरको पछाडीको भाग भत्किएको प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायब निरीक्षक कपिल कार्कीले जानकारी दिए। उनका अनुसार उक्त घटनामा कुनै पनि मानविय क्षति भएको छैन । घरका सामान सुरक्षित स्थानमा राख्नका लागि सुरक्षाकर्मी र स्थानीयबासीले सहयोग गरेको उनले बताए ।

उक्त घटनाको अनुगमनका लागि स्थानीय जनप्रतिनिधि, पनौती नगर प्रमुख रामशरण भण्डारी, वडा अध्यक्ष बेद प्रसाद बन्जारा, सुरक्षाकर्मी मग्रातीको घरमा पुगेको थिए । नगर प्रमखु भण्डारी र वडा अध्यक्ष बन्जाराले मग्रातीलाई सान्तोना दिनुको साथै राहत प्रदानका पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस