शनिबार, बैशाख १२, २०८३
देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी :  विद्यालयका कर्मचारी आन्दोलित

काठमाडौं : देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरिएको छ । आज (आइतबार) नेपाल विद्यालय कर्मचारी परिषदले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको हो। परिषदले विभिन्न जिल्लामा तालाबन्दी गर्ने क्रम जारी रहेको जनाएको छ।

श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक पनि सरकारले उपलब्ध नगराएको भन्दै देशभरका सामुदायिक विद्यालयका ४० हजार कार्यालय सहयोगी र लेखापालहरू २० साउनदेखि नै आन्दोलित छन् ।

उनीहरूले आजदेखि भदौ १८ गतेसम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द गरेको नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ । सामुदायिक विद्यालय कर्मचारीहरु गत भदौ १ गतेदेखि तलबमा विभेद गरेको भन्दै आन्दोलित हुँदै आएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय