चिर्पट प्रहार गर्दा बुबाको मृत्यु

पाल्पा : पाल्पामा १४ वर्षीय छोराले चिर्पट प्रहार गर्दा बुबाको मृत्यु भएको छ । पाल्पाको माथागढी गाउँपालिका–४, झडेवा नेटा बस्ने १४ वर्षीय बालकले ४५ वर्षीय बुबा तिलबहादुर दिशा मगरलाई दाउराको चिर्पट प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा सामान्य झैझगडा हुँदा छोराले तिलबहादुरलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

आइतबार बिहान भएको घटनापछि प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगेको छ । १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस