बोरुसिया डर्टमुन्डको जित

बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा जित निकालेको छ । डर्टमुन्डले घरेलु टोली हर्था बर्लिनमाथि १–० को झिनो जित निकालेको हो । डर्टमुन्डको जितमा पहिलो हाफमा एन्थोनी मोडेस्टेले गरेको गोल नै निर्णायक बन्यो । उनले ३२औं मिनेटमा सली ओजानको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोलमा डर्टमुन्डले बुन्डेसलिगामा तेस्रो जित निकाल्न सफल भयो । यो जितसँगै डर्टमसन्ड ४ खेलबाट ७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित हर्था बर्लिन १ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस